-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ ।
असोज ५ गते रातिदेखि बेपत्ता भएका अभिषेक सिंहको शव मंगलबार बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो ।
उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरू पनि थिए । यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्नेक्रम जारी छ ।
अभिषेकका घरपरवारले रातभर खोज्दा पनि उनलाई नभेटेपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए ।
असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा पाँच करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो ।
फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा पाँच करोड उल्लेख गरिएको छ । अभिषेकका बुबा सञ्जय सिंहको सात वर्ष अघि करेण्ट लागेर मृत्यु भएको थियो ।
बुवा आमाका एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुवा र हजुरआमासँगै गोलबजारमै बस्दै आएका थिए ।