arrow

कांग्रेसका सय भन्दा बढी महाधिवेशन प्रतिनिधिले मागे विशेष महाधिवेशन, सहभागी हुन सबैलाई आह्वान 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
congress-esp-agm-82-6-6.jpg

काठमाडौँ । नेपाली कांग्रेसका १०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले पार्टीभित्र देखिएका समस्या समाधान र सुधारिएको भविष्यको बाटो तय गर्न विशेष महाधिवेशन माग गरेका छन् ।

प्रतिनिधिहरूले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विज्ञप्तिमा अतितमा भएका गल्तीका लागि जनतासँग क्षमा माग्दै नयाँ दिशातर्फ पार्टीलाई अघि बढाउन विशेष महाधिवेशन बाहेक अर्को विकल्प नरहेको उल्लेख गरिएको छ।

पार्टीका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व सांसद जनक गिरी, महाधिवेशन प्रतिनिधिहरु देवराज चालिसे, नारायणप्रसाद भट्टराई, तारानाथ दाहाल, कृष्ण रिजाल, विनोद खनाल, टेकराज पौडेल, उज्ज्वल बराल, रामपल्टन शाह, रुद्र कान्दडवा, कुमार लुइटेललगायत १०० भन्दा बढीले विज्ञप्तसमा हस्ताक्षर गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, “पार्टी र पार्टीसँग आबद्ध सबै संगठनहरूको व्यापक पुनर्गठन विशेष महाधिवेशनबाट मात्र सम्भव छ। वर्तमान राजनीतिक परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै कांग्रेसलाई समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ बनाउन तथा सच्चिएर नयाँ तरिकाले आएको सन्देश दिन विषेश महाधिवेशन अपरिहार्य बनेको छ।”

महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको धारा १७ उपधारा २ बमोजिम विशेष महाधिवेशन बोलाउने प्रक्रिया सुरु गर्न माग गरेका छन्। उनीहरूले सम्पूर्ण महाधिवेशन प्रतिनिधिसहित कांग्रेस सदस्य र संगठनहरुलाई विषेश महाधिवेशन माग्न आह्वान गर्दै, पार्टीलाई संकटबाट बाहिर निकाल्न उपयुक्त उपाय नै विषेश महाधिवेशन भएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ