arrow

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
accident-final.jpg

कर्णाली । ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । पहिचान नखुलेका चालकको साेमबार करिब १ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार भेरीगङ्गा नगरपालिका-१२ सुर्खेतमा पर्ने रत्न राजमार्गअन्तर्गत छिन्चु-धुलियाबिट सडक खण्डको पाडुलेमा ना५ख ५६०८ नम्बरको ट्रकले वीरेन्द्रनगरतर्फ आइरहेको लुम्बिनी प्रदेश ०३-००१प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको थियो ।

नाम नखुलेका करिब २२ वर्षीय घाइते चालकको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उनले बताए ।

मोटरसाइकलमा पछाडि सवार पञ्चदेवल विनायक नगरपालिका-४ अछामका १९ वर्षीय दमन शाही पनि घाइते भएका छन् ।

घाइते शाहीको माया मेडिकलहल छिन्चुमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रवक्ता बुढ्थापाले बताए ।

ठक्कर दिने ट्रकसहित २७ वर्षीय चालक ईश्वर मर्स्याङ्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ