arrow

संसद भवन कबाडीखाना बन्दै, जेन–जीले जलाएका सवारी थन्क्याइँदै [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
parliament-nepal-after-fire-sept10.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । गत भदौ गते जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम शुरू गरिएको छ । विभिन्न मन्त्रालय र कार्यालयमा गरी आगजनी गरिएका सयौँ सवारी साधन नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको संसद भवन) को परिसर भित्र राखिने भएको छ ।

हाल ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय परिसरमा जलेका सवारी साधन हटाउने काम भइरहेको छ भने केही दिनभित्र सिंहदरबार भित्रको जलेका  सम्पूर्ण सवारी साधन हटाउने मन्त्रालय स्रोतले जनाएको छ ।

गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएसँगै संसद विघटन गरिएको थियो । २०७९ को मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरूको पदावधि त्यही विघटनसँगै सकिएको थियो । 

संसद भवन पनि जेन–जीले जलाएसँगै अब कबाडखानामा परिवर्तन हुने भएको हो । फागुन २१ गते निर्वाचन भएमा अब बस्ने संसद भवन सिंहदरबारभित्रै सम्पन्न हुने अपेक्षासमेत गरिएको छ । 

 ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् । 

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उनले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिएका हुन् । 

genZ-vehicle-removing (16).jpg
genZ-vehicle-removing (15).jpg
genZ-vehicle-removing (14).jpg
genZ-vehicle-removing (13).jpg
genZ-vehicle-removing (12).jpg
genZ-vehicle-removing (11).jpg
genZ-vehicle-removing (10).jpg
genZ-vehicle-removing (9).jpg
genZ-vehicle-removing (8).jpg
genZ-vehicle-removing (7).jpg
genZ-vehicle-removing (6).jpg
genZ-vehicle-removing (5).jpg
genZ-vehicle-removing (4).jpg
genZ-vehicle-removing (3).jpg
genZ-vehicle-removing (2).jpg
genZ-vehicle-removing (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ