arrow

सुरक्षा निकायलाई मुख्यमन्त्रीको निर्देशन - नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
yamnath-kandel-05-31.jpg

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेंलले जेन-जी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे प्रदेशस्थित सुरक्षा निकायसँग छलफल गरेका छन् । 

मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आयोजित छलफलमा मुख्यमन्त्रीले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरि काम गर्न चारैवटै सुरक्षा निकायलाई आग्रह गरे ।  

मुख्यमन्त्रीले उद्देश्य राम्रो भए पनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको र नागरिक अझै पनि भयवित अवस्थामा रहेकोले जनजीवन सामान्यकृत हुने गरी आफना गतिविधि संचालन गर्न चारै वटै सुरक्षा निकायलाई सुझाव दिए ।

मुख्यमन्त्रीले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरुको अनुसन्धान र कारवाहीका कामहरु हुन्छन नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईँहरु लाग्नुस् ।’

मुख्यमन्त्रीले थप शान्ति सुरक्षा बिग्रन नदिन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने सुरक्षा प्रमुखलाई आश्वस्त पारे । 

उनले भने, ‘तपाईँहरुको तालुकदार निकाय संघीय सरकार होला तर प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्ने सन्र्दभमा तपाईहँरुलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ ।’                                                                                     
मुख्यमन्त्रीले शान्तिपूर्ण प्रदर्शनबाहेक हिसांत्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिनुपर्ने भन्दै माथिल्लो तहको आदेशको अन्यौलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे आफू जानकार रहेको बताए ।

उनले भने, ‘नुहुनुपर्ने क्षति भयो, सुर्खेतमा सीमित जनशक्तिले आफ्नो मेहनतले थप क्षति रोक्नु पनि भयो तर जसले तपाइँहरुलाई परिचालन गर्नुपर्ने थियो उसैले लत्ता छाडेपछि तपाईहरुको नियन्त्रणमा रहेन ।’ 

मुख्यमन्त्रीले अन्यत्रभन्दा क्षति कम गराउन सफल भएकोमा सुरक्षाकर्मीहरुलाई धन्यवाद पनि दिए । मुख्यमन्त्रीले यतिबेला आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा संयम र धैर्यताको खाँचो भएको रहेकोले सुरक्षाकर्मी संयमका साथ अघि बढ्नुपर्ने धारणा राखे । 

उनले भने, ‘आन्दोलनमा नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेरे अनुसन्धान गर्न  र कानुन बमोजिम कारवाही गर्न तपाईहरुलाई माथिको आदेश पर्खनु पर्देन, पूर्वाग्रह नराखेर अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनुस् ।’ 

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिशश्वर आचार्यसहित प्रदेशस्थित चार वटै सुरक्षाका प्रमुखको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ