arrow

कांग्रेसलाई विशेष महाधिवेशन गरी नयाँ नेतृत्वका साथ निर्वाचनमा जान सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
congress-flag3.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेस ललितपुर महानगर समितिले विषम परिस्थितिमा घोषणा भएको आम निर्वाचन पूर्व कांग्रेसको विशेष महाधिवेशन गरी नयाँ नेतृत्वका साथ निर्वाचनमा जान सुझाव दिएको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई लेखेको सुझाव पत्रमा समितिले नयाँ नेतृत्वका साथ निर्वाचनमा जाँदा राम्रो हुने उल्लेख गरेको हो । 

त्यस्तै देशको परिवर्तित नयाँ परिस्थितिको माग बमोजिम प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दालाई कांग्रेसले पनि अपनाउन सुझाव दिइएको छ । 

कुनै पनि क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको पद नराखी सम्पूर्ण तहका सभापति तथा पदाधिकारी पदहरुमा क्रियाशील सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन गरी चयन गर्न पनि सुझाव दिइएको हो । 

यसले क्रियाशील सदस्यको औचित्य र महत्व सर्वश्रेष्ठ बनाउने दाबी समितिको छ । 

त्यस्तै भदौ २३ र २४ गतेको जनकारबाहीबाट कांग्रेसका विभिन्न नेताहरुका घरघरबाट निस्किएका अकुत सम्पत्तिको निर्ममतापूर्वक छानबिन हुनुपर्ने र कांग्रेसले सहयोग गर्ने तथा छानबिनको समयमा पदबाट निलम्बित गर्नुपर्ने सुझावसमेत महानगर समितिले दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ