गगन थापा भन्छन् - संविधानभन्दा बाहिर भएर केही गर्न मिल्दैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
516
Shares
काठमाडौँ । नेपाली कांग्रसका महामन्त्री गगन थापाले अब बन्ने नयाँ सरकारले तत्काल कानून बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् ।
थापाले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत १५ मिनेट लामो भिडियो शेयर गर्दै यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनपछि बनाएर देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको समाधान चाँडो निस्कनुपर्ने भन्दै उनले जेनजीहरुलाई एक पटक आफ्नो भिडियो सुनिदिन पनि आग्रह गरेका छन् ।
महामन्त्री थापाले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री नबनिकन बाहिरै बसेर धेरै प्रयास गरे पनि नसकिएको र आफू संयन्त्रबाटै बाहिरिएको जिकिर गरे ।
जिम्मेवारी पदमा बसेको व्यक्तिको एक एक सम्पत्ति छानबिन हुनुर्नेमा जोड दिँदै उनले आफ्नो पनि छानबिन गर्न आग्रह गरे ।
उनले भने, ‘दूधको दूध, पानीको पानी हुनैपर्छ, दोषीले कार्वाही भोग्नै पर्छ’, उनले भने ।
जेनजीले उठाएका कुरामा आफूले पूर्ण समर्थन गर्ने उल्लेख गर्दै उनले अब जे गर्ने हो संविधानसम्मत् हुनुपर्नेमा जोड दिए ।