arrow

सेनाको निषेधाज्ञा तोड्दै जेन–जी समूह सैन्य मुख्यालय वरिपरि [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
genz-82-5-26jjjj.jpg

काठमाडौँ । नेपाली सेनाले लगाएको निषेधाज्ञा तोड्दै जेन–जी युवाहरू सैन्य मुख्यालय वरिपरि भेला भएका छन् । उनीहरू भेला भएर नारा लगाउन थालेसँगै जंगी अड्डा वरिपरि सेनाले कडाइ गरिरहेको छ । 

युवाहरू भेला भएसँगै सेनाले अनावश्यक भीड नगर्न भन्दै धरहरा अगाडि भेला भएकालाई माइकिङ गरिरहेको छ । 

यता सेनाले लगाएको निषेधाज्ञा जारी रहेको छ ।  नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई बिहीबार आंशिक रूपमा खुकुलो बनाउने क्रममा उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न पाइनेछ । तर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भने निषेधाज्ञा यथावत् रहेको छ । 

यही निषेधाज्ञाबीच युवाहरू सैन्य मुख्यालय अगाडि नै भेला भएका हुन् । उनीहरुले आफ्ना माग राखिरहेका छन् । 

सेनाले भदौ २६ गते साँझ ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यकाभर कर्फ्यू आदेश लागू हुने जानकारी पनि दिएको छ। नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा प्रमुख प्राथमिकता भएकाले कर्फ्यू र निषेधाज्ञाको पूर्ण पालना गर्न सेनाले सबैलाई आग्रह गरेको छ ।

genZ-82-5-26-bhadrakali (16).jpeg
genZ-82-5-26-bhadrakali (15).jpeg
genZ-82-5-26-bhadrakali (14).jpeg
genZ-82-5-26-bhadrakali (13).jpeg
genZ-82-5-26-bhadrakali (12).jpeg
genZ-82-5-26-bhadrakali (11).jpeg
genZ-82-5-26-bhadrakali (10).jpeg
genZ-82-5-26-bhadrakali (9).jpeg
genZ-82-5-26-bhadrakali (8).jpeg
genZ-82-5-26-bhadrakali (7).jpeg
genZ-82-5-26-bhadrakali (6).jpeg
genZ-82-5-26-bhadrakali (5).jpeg
genZ-82-5-26-bhadrakali (4).jpeg
genZ-82-5-26-bhadrakali (3).jpeg
genZ-82-5-26-bhadrakali (2).jpeg
genZ-82-5-26-bhadrakali (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ