सेनाको निषेधाज्ञा तोड्दै जेन–जी समूह सैन्य मुख्यालय वरिपरि [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
930
Shares
काठमाडौँ । नेपाली सेनाले लगाएको निषेधाज्ञा तोड्दै जेन–जी युवाहरू सैन्य मुख्यालय वरिपरि भेला भएका छन् । उनीहरू भेला भएर नारा लगाउन थालेसँगै जंगी अड्डा वरिपरि सेनाले कडाइ गरिरहेको छ ।
युवाहरू भेला भएसँगै सेनाले अनावश्यक भीड नगर्न भन्दै धरहरा अगाडि भेला भएकालाई माइकिङ गरिरहेको छ ।
यता सेनाले लगाएको निषेधाज्ञा जारी रहेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई बिहीबार आंशिक रूपमा खुकुलो बनाउने क्रममा उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न पाइनेछ । तर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भने निषेधाज्ञा यथावत् रहेको छ ।
यही निषेधाज्ञाबीच युवाहरू सैन्य मुख्यालय अगाडि नै भेला भएका हुन् । उनीहरुले आफ्ना माग राखिरहेका छन् ।
सेनाले भदौ २६ गते साँझ ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यकाभर कर्फ्यू आदेश लागू हुने जानकारी पनि दिएको छ। नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा प्रमुख प्राथमिकता भएकाले कर्फ्यू र निषेधाज्ञाको पूर्ण पालना गर्न सेनाले सबैलाई आग्रह गरेको छ ।