arrow

सेनाको भूमिकाको सराहना गर्दै प्रचण्डले गरे संवाद र शान्तिपूर्ण निकासका पक्षमा लाग्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
prachandaas.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेना लगायतले खेलेको भूमिकाको सराहना गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले नेपाली सेना लगायतले खेलेको भूमिकाको सरहना गरेका हुन् । 

जेन-जीको हिंसात्मक आन्दोलनसँगै प्रचण्ड सेनाको सहयोगमा काठमाडौँकै नागार्जुन नगरपालिकास्थित शिवपुरी सैनिक तालिम केन्द्रमा रहेको खुलेको छ ।

उनले संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिनसमेत आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'जेनजी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न सम्मानित राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायले खेलिरहेको भूमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्‍याउन सबैसँग अपील गर्दछु ।' 

उनले प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन आग्रह गर्दै संवाद र शान्तिपूर्ण निकासका पक्षमा लाग्न आह्वान गरेका छन् ।  

विज्ञप्तिमा उनले भनेका छन्, 'प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरूपमा निकासका पक्षमा लाग्न आह्वान गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ