कास्की र म्याग्दी कारागारबाट भागेका चार कैदीबन्दी बागलुङमा पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
556
Shares
बागलुङ। कास्की र म्याग्दी जिल्ला कारागारबाट भागेका चार जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ।
उनीहरूलाई बुधबार बागलुङ प्रवेश गर्ने क्रममा मालढुङ्गा चेकपोष्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा जिल्ला कारागार कास्कीबाट भागेका तीन जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जना रहेका छन्।