चार समितिका बैठक बस्दै, प्रहरी विधेयक र स्वास्थ्य लगायतका विषयमा छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
1k
Shares
काठमाडौं । संघीय संसद अन्तर्गत आज (सोमबार) चारवटा संसदीय समितिका बैठक बस्दैछन्। यी बैठकहरूमा विभिन्न मन्त्रालयका पदाधिकारी र सरोकारवालासँग महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची रहेको छ।
बिहान ९ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ।
बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सदस्यहरूसँग छलफल हुनेछ।
बिहान ११:३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा छलफल हुनेछ।
मध्याह्न १२:३० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा केरा व्यवसायी कृषकहरूका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास, र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूसँग छलफल हुनेछ।