मानव बेचविखन विरूद्धको कार्य मूल्याङ्कनमा पर्सा उत्कृष्ट, उपरीक्षक मिश्र पुरस्कृत
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
611
Shares
वीरगञ्ज । मानव बेच बिखन तथा ओसार पसार विरूद्धको ९१ औं राष्ट्रिय दिवसको अवसरमा ७७वटै जिल्लाको कार्य मूल्यांकनमा पर्सा जिल्ला उत्कृष्ट ठहरिएकोले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई नेपाल सरकारले पुरस्कृत गरेको छ।
शुक्रबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौँस्थित नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रहरी उपरीक्षक मिश्रलाई कदर पत्र दिएर सम्मान गरे ।
प्रहरी उपरीक्षक मिश्रको प्रयासले भारतमा ठूलो संख्यामा बेचिएका चेलीको उद्धार गरिएको र यस अपराधमा संलग्न भएकाहरुलाई कानूनी दायरामा ल्याएकोले उनलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री नवलकिशोर साह सुडी लगायतको उपस्थिति थियो ।