arrow

सुनुवाइ समितिको बैठक आज बस्दै, सभापतिको निर्वाचन प्रक्रिया अघि बढाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
ramhari-khatiwada-samiti.jpg

काठमाडौँ। सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज दिउँसो ५:१५ बजे बस्दैछ। कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बस्ने यस बैठकको मुख्य कार्यसूची समितिको सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउनु रहेको छ।

समितिको पूर्वसभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएपछि यो पद रिक्त रहेको थियो। रिक्त पदमा सभापति चयनका लागि आज बैठक आह्वान गरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ