arrow

समिति निष्पक्ष, पारदर्शी र परिणाममुखी बनाउँछु : सभापति न्यौपाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
iswaridevi-sunuwai-samiti.jpg

काठमाडौं। नवनिर्वाचित प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले आफूले निष्पक्ष, पारदर्शी र परिणाममुखी कार्यशैली अपनाउने बताएकी छन्। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्।

सभापति न्यौपानेले समितिलाई सबै सांसदहरूको मत लिएर अगाडि बढाउने बताइन्। उनले काम गर्ने क्रममा आफूबाट कुनै गल्ती भए तत्काल सुझाव दिन सबै सांसदहरूलाई आग्रह पनि गरिन्।

उनले विधेयक निर्माण, सुशासन र जनताको पक्षमा काम गर्न आफू एक कदम पनि पछि नहट्ने बताइन्। "समिति सफल हुनु भनेको म एक्लो सफल हुनु होइन, सिंगो समिति नै सफल हुनु हो," उनले भनिन्, "हरेक माननीयको विचार र सुझावलाई सम्मान गर्दै अघि बढ्नेछु।"

सभापति न्यौपानेले काम गर्ने क्रममा सांसदहरूमाथि कुनै पनि विभेद नगर्ने पनि स्पष्ट पारिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ