arrow

महिलाहरू देशको नेतृत्व गरेर परिवर्तन ल्याउन सक्षम छन् : अष्टलक्ष्मी शाक्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
astalaxmi-shakya-05-17.jpg

काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरूले सिङगो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन् । 

मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधिसम्बन्धी पत्रकार सम्मेलनमा उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्तन गर्न सक्षम रहेको बताएकी हुन् । 

उनले भनिन्, ‘दुःख र संघर्ष गरेर एउटा महिला सक्षम र सफल भएर वा जनप्रतिनिधिका रुपमा काम गर्न कति गाह्रो छ भन्ने हामीले भोगेका छौँ । अस्तव्यस्त जीवन एकातिर, बच्चाहरु र परिवारको माया एकातिर राखेर निर्वाचित जनप्रतिनिधिको हैसियतले निःस्वार्थ भावले खटिराख्दा आशावादी पनि हुन सकिन्छ । त्यसैले महिला नेतृत्वले नै सिङगो देशको परिवर्तन गर्न सक्छन् र नेतृत्व गर्न सक्छन् भन्ने भावना जागेको छ ।’

उनले शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधिको लागि एक सय ३१ जनाले फाराम भरेकोमा गहिरो अध्ययन गरी धैर्यता राखेर अत्यन्तै समय निकालेर मूल्याङ्कन गरिएको पनि बताइन् ।

उनले यी ३१ प्रेरणादायी महिला जनप्रतिनिधि निष्पक्ष न्याय दिनुका साथै शिक्षा, स्वास्थ्यको सवालमा पनि राम्रो योजना रहेको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ