arrow

विधायन व्यवस्थापन समिति

समितिले पारित गर्‍यो निजामती सेवा विधेयक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
bidhayan-bewastapan-samiti-.jpg

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक, २०८० पारित गरेको छ।

मंगलबार बसेको समितिको बैठकले विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गरेर विधेयक पारित गरेको हो। समितिकी सभापति तुलसाकुमारी दाहालले विधेयक पारित भएको घोषणा गरिन्। 

अब यो विधेयक समितिअन्तर्गत रहेको उपसमितिले अन्तिम रूप दिएपछि आजै बस्ने राष्ट्रिय सभाको बैठकमा पेस गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ