arrow

पशु चिकित्सा विधेयक र निजामती विधेयकको मस्यौदा प्रतिवेदनमाथि समितिमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । सङ्घीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज (सोमबार) बस्दैछ। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको हो।

बिहान ११:३० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची छ।

त्यस्तै, सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ