arrow

दशैँका लागि सुकिला नोट साट्न पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
money-e1434183175402.jpeg

काठमाडौँ। दशैँ र तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाउने व्यवस्था गरेको छ।

बैंकको मुद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी), र सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट नयाँ नोट साट्न सकिने जनाएको छ।

चाडपर्वका बेला पाँच, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटको माग धेरै हुने गरेको छ। यसै समयमा केन्द्रीय बैंकले पुराना नोटहरू खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ देखि 'सफा नोट नीति' लागू गरेको थियो। यस नीतिअनुसार, आर्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाहरूमार्फत केन्द्रीय बैंकमा बुझाउने गरिन्छ।

विदेशमा नोट छाप्दा राज्यकोषबाट ठूलो खर्च हुने भएकाले नोटलाई सफा राख्न राष्ट्र बैंकले सर्वसाधारणलाई अनुरोध गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ