काठमाडौँ। आज सङ्घीय संसद्का दुईवटा समितिको बैठक बस्ने भएको छ। निर्धारित कार्यसूचीअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यक्रम तय भएको छ।