विधेयकमार्फत निजी विद्यालयको माग सम्बोधन हुनुपर्छ : सांसद थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
1.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले निजी क्षेत्रको लगानी पनि राज्यकै लगानी भएको बताएका छन् ।
विनायक शिक्षा निकेतन इङ्गलिश सेकेण्डरी स्कूलको स्वागत तथा बधाई कार्यक्रममा उनले निजी क्षेत्रबिना शिक्षा, स्वास्थ्य, उद्योग या कुनै पनि व्यवसायमा सम्भव नहुने पनि बताए ।
उनले राज्यले मात्र सबै कुरा गर्न नसकेको परिस्थितिमा निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै निजीलाई राज्यले प्रोत्साहित गर्नुपर्ने औंल्याए ।
सांसद थापाले जुन देशमा निजी क्षेत्र सफल भएका छन् ती राष्ट्र विकासित भएको भन्दै सरकारले शिक्षा विधेयकमा निजी विद्यालयको मागलाई सम्बोधन गर्न आग्रह गरे ।
‘वास्तवमा शिक्षा स्वास्थ्य र रोजगारी सरकारले नै र्सिजना गर्नुपर्ने थियो । निःशुल्क शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारी राज्य वा सरकारले गर्नुपनेए हो । तर राज्यको ध्यान पुगेको छैन । पहुँच भन्दा बाहिरपनि निजी विद्यालयहरु सन्चालन भइरहेका छन् र निजी विद्यालयका लागि विद्यालय शिक्षा ऐनले निजी विद्यालयलाई वेवास्ता गरिरहेको अवस्था छ,’ उनले भने, ‘आन्दोलनमा रहेका निजी विद्यालय राज्यकै लगानी भएकाले राज्यको आँखाबाट हेर्नुपर्छ ।’