arrow

मर्यादित भाषाको अभावले हास्यव्यंग्य कार्यक्रममा जान मन लाग्दैन: गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
gagan-thapas-13.jpg

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय हास्यव्यंग्य कार्यक्रममा सहभागी हुन छोडेको बताएका छन्। उनले त्यस्ता कार्यक्रममा मर्यादित भाषाको प्रयोग नहुने भएकाले त्यहाँ जान मन नलागेको स्पष्ट पारे।

शुक्रबार कवि बिसुकुमार केसीको कविता संग्रह ‘पागल हुन कहाँ सजिलो छ र ?’ को विमोचन कार्यक्रममा बोल्दै थापाले व्यंग्य यस्तो हुनुपर्ने जसमाथि व्यंग्य गरिएको हो, उसले त्यसलाई मनन गर्न सकोस्। उनले चोटिला प्रश्न गर्दा पनि मर्यादाभित्र रहेर गर्नुपर्नेमा जोड दिए।

महामन्त्री थापाले भने, "अहिले हास्यव्यंग्य कार्यक्रमहरूमा अगाडि बसेको मान्छे त्यहाँबाट भाग्नुपर्ने अवस्था बनायो भने के अर्थ हुन्छ? त्यसले त्यो चीजलाई ग्रहण नै गर्न सक्दैन, मनन नै गर्न सक्दैन।" उनले साहित्यमा गरिने व्यंग्य पनि सम्बन्धित पक्षले मनन गरे मात्रै त्यसको अर्थ हुने बताए।

उनले साहित्यले समाजका विभिन्न क्षेत्रमा गरिने प्रहार मर्यादित भएमा त्यसले सुधारको क्षेत्रमा ठूलो काम गर्न सक्ने धारणा पनि राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ