arrow

मंसिर पछाडि महाधिवेशन लैजान पाइँदैन : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
gagan-thapa-sarlahi.jpg

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिरभित्रमा केन्द्रको महाधिवेशन गरिसक्नुपर्ने बताएका छन्  ।

कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले बताए ।

कार्यक्रममा महामन्त्री थापाले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए । उखु किसानलाई अनुदान दिनुपर्ने प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रिपरिषदमा लगेको भए पनि अस्वीकार भएको उनले बताए ।

यद्यपि मन्त्री अधिकारीको जोडबलमा अघिल्लो वर्षको पैसाबाट ३५ रुपैयाँ अनुदान दिएको थापाले बताए । आफूले पार्टी सभापतिलाई ध्यानाकर्षण गराएको उल्लेख गर्दै थापाले सभापतिले प्रधानमन्त्रीसँग कुरा गरेको जानकारी दिए । उखु किसानको भुक्तानीका लागि पैसा खोज्न नपर्ने उनले दाबीसमेत गरे । 

उनले मधेशमा कृषिको समस्या अन्त्य गर्न सरकारले चासो दिनुपर्ने बताए । वासुदेवशरण  कोइरालाको  स्मृतिमा लालबन्दी नगरपालिका-२, जुटपानीस्थित पद्म-भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम परिसरमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्न सर्लाही आएका हुन् ।

उनले कांग्रेसका नेता कार्यकर्ताले कोइरालाको मागदर्शन अनुशरण गर्नुपर्ने बताए । श्रद्धाञ्जली सभामा दिवंगत कोइरालाको जीवनीबारे मात्रै चर्चा गरेका कांग्रेस महामन्त्री थापाले कोइरालाको योगदान सँधै अमर रहने उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ