जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बयानपछि उनलाई हाजिरी जमानीमा रिहा गरेको हो । उनलाई पक्राउ गरेको केही घण्टामै छाडिएको हो ।
यसअघि काठमाडौँ जिल्ला अदालतले विद्युतीय अपराधको उजुरीका आधारमा भदौ ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । साइबर व्युरोले बुधबारमात्रै पक्राउ गरेको हो ।
साइबर ब्युरोमा उपस्थित भएका महरलाई पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगेको थियो ।
जिल्ला अदालतपछि सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको थियो ।