arrow

विद्युतीय अपराधको उजुरीमा एमाले नेता महर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
ain-mahar-uml-arrest.jpg

काठमाडौँ । नेकपा एमालेका नेता ऐन महर पक्राउ परेका छन् । काठमाडौँ जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा महरलाई अनुसन्धानका लागि बुधबार पक्राउ गरिएको हो । 

बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरित्र हत्यासम्बन्धी दिएको जाहेरीका आधारमा अदालतले भदौ ९ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीविरुद्ध विद्युतीय अपराधको उजुरी दर्ता भएको थियो । 

प्रहरीको साइबर ब्युरोले महरलाई पक्राउ गरेको हो । 

एमालेका केन्द्रीय सदस्य महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् ।  

बझाङका महर गएको निर्वाचनमा संघीय सांसदका उम्मेदवारसमेत बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ