arrow

तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै, बौद्ध स्तुपको चार ढोका खुल्ला

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
losar.jpeg
काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिबार विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । 
 
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । 
 
बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवम् तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहेका सम्पूर्णकुमार लामाले जानकारी दिए । 
 
“यस वर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइँदैछ, स्तुप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले शनिबार बौद्धका चार ढोका खोलिन्छ, दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्न दिइन्छ”– उनले भने । 
 
यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ