arrow

हिज्बुल्लाहले गर्‍यो निःशस्त्रीकरणको माग अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

काठमाडौँ। लेबनानी सशस्त्र समूह हिज्बुल्लाहका उपमहासचिव शेख नइम कासेमले लेबनानी सरकारले राखेको निःशस्त्रीकरणको मागलाई अस्वीकार गरेका छन्। उनले लेबनानको सार्वभौमसत्ता र रक्षाका लागि हिज्बुल्लाहका हतियारहरू आवश्यक रहेको बताएका छन्।

कासेमले हालै गरिएको निःशस्त्रीकरणको मागलाई "अवैध निर्णय" को संज्ञा दिँदै यो अमेरिकी र इजरायली आदेशअनुसार गरिएको बताए। उनले हिज्बुल्लाहलाई निःशस्त्र बनाउँदा इजरायलको मात्र हित हुने र हालका द्वन्द्वहरूमा ज्यान गुमाएका हजारौं लडाकु र नागरिकको बलिदानलाई धोका दिने उल्लेख गरे।

उनले २००६ देखि हिज्बुल्लाहले लेबनानी सेना र जनतासँग मिलेर इजरायललाई लेबनानी क्षेत्रमा अगाडि बढ्नबाट रोक्न महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ