arrow

समितिले सभापति पाउँदै, निजामती विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज संघीय संसद्का तीनवटा समितिको बैठक बस्दैछन्। बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, र सार्वजनिक नीति तथा प्रत्योजित विधायन समिति समावेश छन्।

राज्य व्यवस्था तथा सुशासन समितिले सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ, यद्यपि सांसद ईश्वरी न्यौपाने यस पदमा निर्विरोध निर्वाचित भइसकेकी छन्।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुनेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/८२ बारे छलफल गर्ने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ