arrow

राष्ट्रिय हितका लागि साझा धारणा बनाउन राप्रपाको आग्रह

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
prakash-chandra-lohani.jpeg
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न निर्धारित समयमै तीनै तहको निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 
 
पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बसेको निर्देशक समितिको पहिलो बैठकले सबै दललाई दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका लागि साझा धारणा बनाउन आग्रह गरेको छ । 
 
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गरी पार्टीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने ठहर गरेको छ । 
 
सो पार्टीमा राष्ट्रिय अध्यक्षमा लोहनीले जिम्मेवारी सम्हालेपछि उहाँको नेतृत्वमा पहिलो पटक बसेको बैठकले मध्यममार्गको माध्यमबाट अब देशमा विद्यमान समस्यालाई समाधान गरी जनताको अधिकार तथा राजनीतिक उपलब्धिलाई संरक्षण गर्नुपर्नेमा सहभागी नेताले सुझाव दिएका थिए । 
 
पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म हुने महाधिवेशनमा प्रतिनिधि छनोटका लागि शनिबार महानगर तथा काठमाडौँ उपत्यकाका विभिन्न आठ नगरको अधिवेशन सम्पन्न गर्ने कार्यक्रम छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ