राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
1.8k
Shares
काठमाडौँ। सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। यस बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।
यो विधेयक २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो। यसको मुख्य उद्देश्य वैज्ञानिक विधि र पद्धतिको प्रयोग गरी प्रमाण सङ्कलनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्नु हो। उक्त प्रयोगशालाले जैविक वा निर्जीव वस्तु, प्रमाण, लिखत, भौतिक तथा विद्युतीय सामग्रीहरूको परीक्षण गर्नेछ।
विधेयकमा प्रयोगशालाको स्थापना, त्यसको काम, कर्तव्य, र अधिकार, सञ्चालक समितिको गठन, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, तथा कोष, लेखा र लेखापरीक्षण लगायतका विषयहरू समेटिएका छन्।