-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आइतबार साँझ एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नगरपालिका-६ घोगनपुर बस्ने ४६ वर्षीय सत्रुधन सरदार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर नुहाउने क्रममा डुबेर बेपता भएका सरदारलाई स्थानीयले खोजतलास गर्दा मृतावस्थामा भटेको प्रहरीले जनाएको छ ।
एक हप्ताअघि पनि सोही नगरपालिका-८ स्थित चाँदनीचोक नजिक चन्द्र नहरमा डुबेर नगरपालिका-७ बलुवाका ५० वर्षीय गोविन्द चौधरीको मृत्यु भएको थियो ।