arrow

नेपालको विदेशी विनिमय सञ्चिति २७ खर्ब नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार, देशको कुल विदेशी विनिमय सञ्चिति करिब २७ खर्ब रुपैयाँ नजिक पुगेको छ। २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको हो।

अमेरिकी डलरमा हेर्दा, सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ। कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड र अन्य बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको छ। २०८२ असार मसान्तमा कुल सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत छ।

यो सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। साथै, विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४३.८ प्रतिशत, कुल आयातसँग १२८.१ प्रतिशत, र विस्तृत मुद्राप्रदायसँग ३४.१ प्रतिशत रहेको छ।

२०८२ असार मसान्तमा देशको खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७ खर्ब ८३ अर्ब २६ करोडले बचतमा रहेको छ, जुन गत वर्षको तुलनामा निकै सुधारिएको अवस्था हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ