arrow

जापान र दक्षिण कोरियाबीच द्विपक्षीय सहयोग बढाउने सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
japan-south-korea.jpeg

काठमाडौँ । जापान र दक्षिण कोरियाका शीर्ष नेताहरूबीच शनिबार टोकियोमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग बढाउन सहमति भएको छ। दुई देशबीच लामो समयदेखि जारी ऐतिहासिक विवादलाई पन्छाउँदै उनीहरूले बढ्दो क्षेत्रीय चुनौती, विशेषगरी उत्तर कोरियाको आणविक खतरा लाई सामना गर्न एकअर्कासँग नजिकिने निर्णय गरेका छन्।

जापानका प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ बीच भएको यस बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, "दुई देशबीचको बढ्दो चुनौतीपूर्ण रणनीतिक वातावरणका बीच जापान-दक्षिण कोरिया सम्बन्ध र टोकियो, सियोल र वासिङ्टनबीचको सहयोगको महत्त्व बढ्दै गएको छ।"

दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नो पहिलो द्विपक्षीय भ्रमणका लागि जापानलाई नै रोज्नुले दुई देशबीचको सम्बन्धलाई कति महत्त्व दिइएको छ भन्ने देखाउने बताए। उनीहरूले बैठकमा रक्षा, आर्थिक सुरक्षा, र घट्दो जन्मदरजस्ता सामाजिक मुद्दाहरूबारे पनि छलफल गरे।

राष्ट्रपति लीका पूर्ववर्ती युन सुक योलले दुई देशलाई नजिक ल्याउने प्रयास गरेका थिए, जसले गर्दा अमेरिकालाई समेत त्रिपक्षीय वार्तामा सामेल गराउन सम्भव भएको थियो। यद्यपि, लीले यसअघि जापानप्रति युनभन्दा कडा अडान लिँदै आएका थिए। तर, सत्ता सम्हालेपछि आफ्नो जोड जापान र दक्षिण कोरिया अविभाज्य साझेदार हुन् भन्नेमा रहेको उनले बताए।

भेटघाटपछि राष्ट्रपति ली अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ, जहाँ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हालै भएको व्यापार सम्झौताको विस्तृत विवरणमा छलफल गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ