राष्ट्रिय विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
1.5k
Shares
काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। यस बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।
यो विधेयक २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो। विधेयकमाथि सामान्य छलफल सम्पन्न भएपछि यसलाई दफावार छलफलका लागि समितिमा पठाइएको हो।
विधेयकको मुख्य उद्देश्य जैविक वा निर्जीव वस्तु, प्रमाण, लिखत, विद्युतीय सामग्री लगायतको वैज्ञानिक परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्नु हो। यस प्रयोगशालाले विभिन्न अनुसन्धानसँग सम्बन्धित प्रमाणहरू सङ्कलन गर्नेछ।
विधेयकमा प्रयोगशालाको स्थापना, त्यसको काम, कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, कोष, लेखा तथा लेखापरीक्षणसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ।