arrow

ट्राक्टर दुर्घटनामा एकको मृत्यु, ३ घाइते

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ माघ १४ शुक्रबार
Pachthar.jpeg.jpeg

पाँचथर । पाँचथरको रानीटार ६ स्थित चियाबारीमा शुक्रबार बिहान भएको ट्राक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन् ।

दुर्घटनामा रानीटार ६ का ५२ वर्षीय भीम बहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको पाथीभरा अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।

घाइते मध्ये रानीटार ६ का सूर्यमान गुरुङ र फिदिम नगरपालिका ३ का जय कुमार राईको झापाको विर्तामोडस्थित बिएण्ड सी अस्पताल र अर्को फिदिम नगरपालिका ३ का मान बहादुर राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 मे १ त ३६९० नम्बरको ट्राक्टर गोलिया लिएर फिदिम तिर आउने क्रममा लोड भएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ