arrow

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
parliament-82-4-19ww.jpg

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि समितिको विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। शुक्रबारको बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले उक्त प्रतिवेदन पेस गरेका हुन्।

प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक छलफल गरेर विधेयकलाई समृद्ध बनाइएको बताए। समितिले बिहीबारको बैठकबाट यसलाई पारित गरेको थियो। सभापति थापाले लामो समयपछि आउन लागेको यो नयाँ ऐनले विद्यालय शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरे।

यस विधेयकमाथि केही प्रतिपक्षी दलहरूले फरक मत राखेका छन्। नेकपा (माओवादी केन्द्र) ले निजी विद्यालयको छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्तावअनुसार हुनुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्ण छात्रवृत्तिमा आवासको व्यवस्था पनि हुनुपर्ने लगायत तीन बुँदे फरक मत राखेको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने व्यवस्थामा फरक मत राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ