arrow

सङ्घीयताको मुख्य समस्या प्रदेश नभइ सङ्घ नै हो: गगन थापा [भिडियो]

सङ्घीयतामा हामी गइसक्यौं तर सङ्घ नै सङ्घीयतामा आउन सकेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
gagan-thapa-05-06.jpg

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सङ्घीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभई सङ्घ (केन्द्र) नै रहेको बताएका छन्। उनले देश सङ्घीयतामा गए पनि सङ्घ सरकार आफैं सङ्घीयतामा जान नसकेको जिकिर गरे।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बनाउँदा संविधान संशोधन गर्ने कुरालाई प्राथमिकता दिएको बताए। उनले अब सङ्ख्या वा अरू कुनै बहानामा पछि हट्न नहुने र मुख्य राजनीतिक शक्तिहरूले यस विषयमा जोखिम उठाउन सक्नुपर्नेमा जोड दिए।

महामन्त्री थापाले भने, "सङ्घीयताको सबैभन्दा ठूलो समस्या भनेको प्रदेश होइन, सङ्घ हो। सङ्घीयतामा हामी गइसक्यौं तर सङ्घ नै सङ्घीयतामा आउन सकेको छैन।" उनले संविधान संशोधनको बहसलाई अगाडि बढाउनुपर्ने र यसका लागि आवश्यक छलफल गर्न सकिने बताए।

उनले न्यायपालिकाको बारेमा पनि छलफल गर्न आवश्यक रहेको बताए। उनले अदालतमाथि यति धेरै प्रश्न उठेको आफूले यसअघि कहिल्यै नदेखेको पनि बताए। साथै, संसदलाई समावेशी बनाउने र पाँच वर्षसम्म एउटै राजनीतिक दलले देशको नेतृत्व गर्ने अवस्था सिर्जना गर्नेगरी छलफल अघि बढाउन जरुरी रहेको उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ