arrow

उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि तीन चरणको योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
rocket-korea.jpg

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि तीन चरणको योजना अपनाउने वाचा गरेका छन्। उनले अमेरिकाको घनिष्ठ गठबन्धनको आधारमा प्योङयाङसँग संवादमार्फत काम गर्ने बताए।

जापानका प्रधानमन्त्री शिगेरु इशिबासँग शिखर वार्ताका लागि टोकियो जानुअघि एक अखबारलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति लीले उक्त योजनाबारे जानकारी दिएका हुन्।

पहिलो चरण: उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रम स्थगित गर्ने।

दोस्रो र तेस्रो चरण: आणविक कार्यक्रमलाई पूर्ण रूपमा घटाउने र ध्वस्त पार्ने।

उनले सियोलले वासिङ्टनसँगको घनिष्ठ समन्वयमा अन्तर-कोरियाली संवाद पुनः सुरु गर्न उपयुक्त वातावरण बनाउने प्रयास गर्ने पनि बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ