arrow

ट्रम्पको सम्पत्तिसम्बन्धी मुद्दामा ४६ करोड डलरको जरिवाना खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
trump-son.jpg

काठमाडौँ। अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत सम्पत्तिमा कपटपूर्ण तरिकाले वृद्धि गरेको आरोपमा यसअघि लगाइएको ४६ करोड ४० लाख अमेरिकी डलरको नागरिक दण्ड सजाय खारेज गरेको छ। न्युयोर्कको सर्वोच्च अदालतको अपिल महाशाखाले बिहीबार यो फैसला सुनाएको हो।

न्यायाधीश आर्थर एन्गोरोनले फेब्रुअरी २०२४ मा ट्रम्पविरुद्ध फैसला सुनाउँदै उहाँलाई ब्याजसहित उक्त रकम तिर्न आदेश दिनुभएको थियो। यसबाहेक, उहाँका छोराहरू एरिक र डन जुनियरलाई पनि ४० लाख डलरभन्दा बढी रकम तिर्न भनिएको थियो। न्यायाधीश एन्गोरोनले ट्रम्पले अनुकूल बैंक ऋण वा बीमा सर्तहरू प्राप्त गर्न आफ्नो सम्पत्तिको मूल्यमा हेरफेर गरेको ठहर गर्नुभएको थियो।

तर, अपिल महाशाखाले जरिवानाको आकार ‘अत्यधिक’ भएको र यसले ‘संयुक्त राज्य अमेरिकाको संविधानको आठौँ संशोधनको उल्लङ्घन’ गरेको भन्दै उक्त फैसलालाई उल्टाइदिएको छ। ट्रम्पले यो निर्णयलाई ‘पूर्ण विजय’ को संज्ञा दिँदै आफूमाथिको मुद्दा राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्नुभएको छ।

यस मुद्दामा राज्यका महान्यायाधिवक्ता लेटिटिया जेम्स ले अब राज्यको सर्वोच्च अदालत ‘न्युयोर्क कोर्ट अफ अपिल्स’ मा अपिल गर्न सक्ने सम्भावना रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ