arrow

शिक्षा, विज्ञान तथा प्रविधि समिति

विद्यालय शिक्षा विधेयक समितिबाट पारित, तीन दलले राखे फरक मत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
ambar-bb.jpg

काठमाडौँ। संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयक पारित गरे पनि प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसमा फरक मत राखेका छन्।

माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्तावअनुसार हुनुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ। यस्तै, रास्वपाले पूर्ण आवासीय छात्रवृत्तिको व्यवस्था हुनुपर्ने लगायत तीन बुँदे फरक मत दर्ता गराएको छ भने राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानमा असहमति जनाएको छ।

समितिले अब विधेयकको प्रतिवेदन शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेस गर्ने तयारी गरेको छ।

विद्यालय शिक्षा विधेयक समितिबाट पारित, तीन दलले राखे फरक मत

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ