arrow

लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद

नेपालको सहभागिता बिना भारत र चीनबीच भएको सहमति स्वीकार्य  हुँदैन – गगन थापा

भारत–चीनको लिपुलेक सहमतिलाई घरेलु राजनीतिको विषय नबनाउन दलहरुलाई आग्रह, सबै एक ठाउँमा उभिएर हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य नहुने सन्देश दिनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
gagan-thapa-82-5-5y.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । नेपालको सहभागिता बिना भारत र चीनबीच भएको सहमति स्वीकार्य नहुने भन्दै यस विषय उग्र राष्ट्रवाद देखाउन आवश्यक नरहेको बताए । उनले यस विषयमा नेपालका सबै राजनीतिक दलहरुले एक ठाउँमा उभिएर हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य नहुने सन्देश दिनुपर्ने धारणा राखे । 

उनले भने, ‘यो विषयमा नेपालका सबै राजनीतिक दलहरु एक ठाउँमा आएर उभिनुपर्छ । हिजो पनि उभियौं, आज पनि हामी उभिनुपर्नेछ । म नेपाली काँग्रेसको तर्फबाट सबै दलहरुलाई आग्ह पनि गर्न चाहान्छु, हाम्रा मतान्तर र प्रतिष्पर्धा आफ्नो ठाउँमा छन् । हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔं । उग्रराष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौँ । यो विषयमा भारत र चीन दुवैलाई नेपाली राजनीतिक दलहरुले एउटै सन्देश दिनुपर्छ–हाम्रो भूमिमाथि आँखा लगाउनु कुरा हामी कसैलाई पनि स्वीकार्य छैन । नेपालले यसको प्रतिवाद गर्छ । हामीले यस्तो पोजिसन बनाउनुपर्नेछ ।’

उक्त समहमतिबारे नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई ६ बुँदे सुझाव पठाएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ