arrow

प्यूठानमा डोजर पल्टिँदा तीन जनाको मृत्यु, अर्को घटनामा एकको ज्यान गयो

नौ घाइते

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
accident-final.jpeg
प्यूठान । दाङवाङ–६, कोलबोटमा मोटरबाटो खन्ने जेसिभी डोजर मेसिन पल्टिँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । गाउँमा मोटरबाटो निर्माण सम्पन्न गरी फर्कने क्रममा आज बिहान उकालोमा डोजरको ‘बे्रक फेल’ हुँदा दुर्घटना भएको स्थानीयवासी हरि मगरले जानकारी दिए । 
 
दुर्घटनामा परी स्थनीयवासी डोजरका सहचालक करिब १७ वर्षीय दीपक गाहामगर, २० वर्षीय शेषकान्त आचार्य र १३ वर्षीय ज्ञानेन्द्रबहादुर गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक रञ्जितसिँह राठोरले जानकारी दिए । 
 
सोही घटनामा परी नौजना घाइते भएको स्थानीय तथा युवा स्वरोजगार कार्यक्रम प्यूठानका संयोजक अमर रेश्मीमगरले जानकारी दिनुभयो । 
 
घाइतेको अमराईमा सामान्य उपचारपछि ६ जनालाई थप उपचारका लागि भैरहवा पठाइएको छ । 
 
यसैगरी, काठ ढुवानी गर्नका लागि लामाचौरबाट भिङ्ग्री जाँदै गरेको रा १ त १३२२ नंको ट्याक्टर गोठिवाङ–४ का कागपाती खोलामा हिजो साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 
 
सहचालक तथा स्थानीयवासी २२ वर्षीय मुक्तबहादुर बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ