arrow

शिक्षा समिति

विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने विषयलाई विधेयकमा समेट्नुपर्छ: सांसद भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
chandra-bhandari-05-04.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय शिक्षाको पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने विषयलाई विद्यालय शिक्षा विधेयक, २०८० मा समेट्नुपर्ने माग गरेका छन्।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षक सरुवाको दफामा पनि स्पष्टता आवश्यक रहेको बताए। उनले ‘खाली ठाउँमा सरुवा भएर जान पाइयोस्’ भन्ने शिक्षकहरूको मागलाई विधेयकमा बुझिने गरी लेखिनुपर्नेमा जोड दिए।

यसका साथै, उनले प्राध्यापकहरूलाई राजनीति गर्न नदिने र पेसागत संघसंस्थामा आबद्ध हुन नपाउने प्रावधानमा पनि थप स्पष्टता ल्याउनुपर्ने बताए। 'प्राध्यापकहरूले अर्को संगठन पनि खोल्न नपाउने' गरी विधेयकमा व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

समितिमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल जारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ