arrow

संसदीय समितिमा विद्यालय शिक्षा, निजामती विधेयक र भूमि सम्बन्धी छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन्। यी बैठकहरूमा महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ।

बिहान ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

त्यसैगरी, बिहान १० बजे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक बारे छलफल हुनेछ।

यस्तै, बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।

यी विधेयकहरूले नेपालको भावी सामाजिक तथा प्रशासनिक संरचनामा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ