arrow

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
accident-final.jpeg
राजविराज । सप्तरीका छुट्टाछुट्टै घटनामा परी बिहीबार एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको मधुपट्टीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा जिल्लाको गोविन्दपुर–२ बस्ने अन्दाजी ४० वर्षीय घुरन यादव रहेको इलाका प्रहरी कार्यालय, कडोरबनाले जनाएको छ । 
 
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प २१९७ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ५ त ८४३० नंको ट्याक्टरमा ठोकिएको थियो । 
 
यस्तै, फत्तेपुर–कञ्चनपुर सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोसी नगरपालिका–४ मा बिजुलीको पोलमा बिहीबार ट्रक ठोकिँदा एकै परिवारका तीनसहित चारजना घाइते भएका छन् । फत्तेपुरबाट सिमेन्ट मिक्सर मेसिन बोकेर कञ्चनपुरतर्फ आउँदै गरेको ना १ क ४४५२ नंको ट्रक बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 
सो दुर्घटनामा परी चालक उदयपुर तपेश्वरी–९ बस्ने गणेश चौधरी, उनकी पत्नी ललिता चौधरी र १० वर्षीय छोरा प्रभात चौधरी तथा सहचालक मनकुमार मगर घाइते भएका छन् । 
 
घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ