arrow

कांग्रेसलाई आत्मविश्वास र शुद्धताको आवश्यकता छ - गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
gagan-05-04.jpg

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र ठूलो आत्मविश्वास र शुद्धताको खाँचो रहेको बताएका छन्। नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको कुरा बिर्सिन नहुनेमा जोड दिए।

महामन्त्री थापाले चुनाव जितेर मात्रै कुनै पनि पार्टी राष्ट्रिय पार्टी नहुने तर्क गरे। “नेपाली कांग्रेस त चुनाव नलडेको बेला पनि राष्ट्रिय पार्टी हो,” उनले भने, “राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी हो।” उनका अनुसार राष्ट्रिय पार्टी त्यो हो जसले राष्ट्रमा आएको सबैभन्दा ठूलो चुनौतीलाई बुझेर, पर्गेलेर र सम्बोधन गरेर अघि बढ्ने तागत राख्छ।

अहिले देशमा चरम असन्तुष्टि रहेको बताउँदै उनले नेपाली समाजलाई यो अवस्थाबाट बाहिर निकाल्नुपर्ने जिम्मेवारी कांग्रेसको रहेको बताए। उनले भने, “हामीलाई आत्मविश्वास, शुद्धता चाहिएको छ।”

महामन्त्री थापाले सत्ता र शक्तिमा पुग्नका लागि आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरिएमा त्यस्तो सत्ताको कुनै अर्थ नहुने पनि स्पष्ट पारे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ