-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सप्तरी। सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ।
अर्बुद रोग (क्यान्सर)बाट पीडित उनको चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो।
उनी जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए र विगत तीन वर्षदेखि क्यान्सरसँग जुधिरहेका थिए।
दिवंगत वडाध्यक्ष साहका दुई छोरा र तीन छोरी छन्।