arrow

कांग्रेस-एमालेको स्पष्टीकरण: उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन [भिडियो]

उपसभामुखविरुद्ध महाअभियोगको हल्ला खण्डन, हस्ताक्षर अन्य कामका लागि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
congress-uml-.jpg

काठमाडौँ । उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउन सांसदहरूलाई हस्ताक्षर गराइएको भन्ने खबर झुटो भएको नेपाली काँग्रेस र नेकपा एमालेले बताएका छन्।

मंगलबार सिंहदरबारमा दुवै दलले आफ्ना सांसदहरूलाई खाली पानामा हस्ताक्षर गराएका थिए। यसले उपसभामुखमाथि महाअभियोग प्रस्ताव आउने अनुमान गरिएको थियो, तर दुवै दलले सो अनुमानको खण्डन गरेका छन्।

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले कुनै पनि बेला आवश्यक पर्न सक्ने कामका लागि हस्ताक्षर गराएको बताए। उपसभामुखले पदीय आचरण पूरा नगरेकोले उहाँलाई हटाउने प्रस्ताव आउँदैछ भन्ने खबर सही नभएको उनको भनाइ छ। अहिले अड्किएका विधेयकहरूलाई टुङ्ग्याउने विषयमा छलफल भइरहेको उनले स्पष्ट पारे।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखले पदीय मर्यादाविपरीत केही मानिसहरूलाई अमेरिका लैजान पत्राचार गरेको विषय संसद्मा उठेको भए पनि अहिलेको हस्ताक्षर सोही प्रयोजनका लागि नभएको बताए। उनले सत्तारुढ दलहरू महाअभियोग लगाउने निर्णयमा पुगि नसकेको बताए, तर उपसभामुखमाथि लागेको आरोपले किनारा पाउनुपर्ने उनको भनाइ थियो।

“उपसभामुखले पदीय मर्यादाविपरीत असम्बन्धित रूपमा पत्राचार गरेर केही मानिसहरूलाई अमेरिकाका लागि असम्बन्धित कार्यक्रममा लैजान पत्राचार गर्नुभयो,” बर्तौलाले भने, “हामी उहाँमाथि महाभियोग प्रस्ताव दर्ता गर्नुपर्छ भन्नेबारेमा निर्णयमा पुगिसकेका छैनौँ।” उनले महाअभियोगको निर्णय सरकारले नभई संसद्ले गर्ने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ