arrow

सशस्त्रका बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
apf-promotion-82-5-2.jpg

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई  दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा एक जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा एक जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

सो क्रममा महानिरीक्षक अर्यालले सङ्गठनमा सेवारत रहँदा पदोन्नतिको विशेष महत्व हुने र पदोन्नतिसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीकासाथ सम्पादन गर्न निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ