-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। आज (सोमबार) एकै दिन तीनवटा संसदीय समितिको महत्त्वपूर्ण बैठक बस्दैछ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकमाथि दफावार छलफल हुने कार्यक्रम छ।
त्यसैगरी, दिउँसो ३ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिनेछ।
यसैबीच, बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ।
यी विधेयकहरूले नेपालको विकास, शिक्षा र प्रशासन प्रणालीमा दूरगामी प्रभाव पार्ने भएकाले यी बैठकहरूलाई चासोका साथ हेरिएको छ।